काठमाडौंमै भेटिए हैजाका तीन जना बिरामी

हेल्थ टिभी अनलाइन : काठमाडौंमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कालिमाटी क्षेत्रका तीनजनामा हैजा पुष्टि भएको हो ।
उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए । यसअघि ललितपुर र कैलालीमा केही दिन अघि हैजा पुष्टि भएको थियो । हैजा फोहोर तथा दूषित पानी तथा खानाबाट लाग्ने गर्छ । हैजाका लक्षणहरुमा पातलो दिसा हुने, वान्ता हुने, कमजोर महसुुस हुने, पिसाबमा कमी आउने, आँखा गाडिने, ओठमुख सुख्खा हुने र बेशोस हुने हुन्छ ।
समयमै उपचार नपाएमा यसले मृत्यु समेत गराउँछ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा