पोलियो रोगबाट बच्न खाेप अनिवार्य !

हेल्थ टिभी अनलाइन : पोलियो रोग लागिसकेपछि यसको खास उपचार छैन । त्यसैले यो रोग लाग्नै नदिन पोलियो विरुद्धको खोप नै सबैभन्दा राम्रो उपाय हो । त्यसैले जन्मेदेखि ५ वर्ष मूनिका आफना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोप पूर्ण मात्रामा दिनुपर्छ ।
साथै पोलियो खोपको विशेष अभियानहरुमा पनि थप मात्रा खोप दिन जरुरी हुन्छ । नेपाललाई १० वर्ष अघि नै पोलियोमुक्त भएको घोषणा गरिएको थियो । तर अहिले फेरि एकपटक वातावरणमा बागमती र टुकुचा खोलाको ढलमा पोलियोको जीवाणु फेला परेको छ । जसले गर्दा पोलियोको जोखिम हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियोको विशेष खोप अभियान सञ्चालन गरेको छ । यो अभियान साउन ९ गतेबाट सुरु भएर १२ गतेसम्म जारी रहने बताइएको छ ।
मन्त्रालयले पहिले पोलियोको थोपा खाइसकेका बालिबालिकालाई पनि यस चरणमा थप खोप लिन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले घर घरमा गएर यो खोप दिनेछन्।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्