पोलियोको विशेष खोप अभियानको दोस्रो दिन, आज पनि ५ वर्ष मूनिका बालबालिकालाई पोलियो थोपा खुवाइँदै

हेल्थ टिभी अनलाइन : सरकारले वातावरणमा पोलियोको म्युटेट जीवाणु फेला परेपछि यही साउन ९ गतेदेखि ४ दिने विशेष खोप अभियान चलाएको छ । हिजोबाट सुरु भएको पोलियो खोप अभियान आज पनि जारी छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा यो अभियान सञ्चालन गरिएको हो । काठमाडौंको टुकुचा खोला र बागमती नदीको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा म्युटेड पोलियो भाइरस देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सञ्चालन गरिएको हो ।
यस विशेष अभियानमा जन्मेदखि ५ वर्ष मूनिका बालबालिकालाई थप पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, पहिले पोलियो खोप लिइसकेको भए पनि बालबालिकालाई यो अभियानमा अनिवार्य थप खोपको रुपमा दिइनेछ । यो अभियान साउन १२ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्