सौर्य एयरलायन्सका पाइलट शाक्यको केएमसीमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन : आज बिहान दुर्घटनामा परेको सौर्य एयरलायन्सका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा आकस्मिक कक्षमा राखेर अब्जरबेसन गरेपछि उनलाई आइसीयूमा लगिएको अस्पतालले जनाएको छ । उनको शरीरभरी चोटपटक भए पनि जलन भने देखिएको छैन् । उनीसहित १९ जना सवार यात्रुमध्ये १८ जनाकै मृत्यु भइसकेको नेपाल नागरिक उड्यनन प्राधिकरणले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
सौर्य एयरलाइन्सका ९ एन–एएमई जहाज आज विहान ११ : ११ बजे विमानस्थलबाट टेकअफ हुने बित्तिकै २०० फिट माथि पुगेपछि अचानक सन्तुलन गुमाएर दुर्घटनामा परेको थियो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्