केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ

हेल्थ टिभी अनलाइन : केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ भएको छ।
केन्द्रीय कारागार अस्पतालका सेवाग्राही कैदीबन्दी तथा थुनुवाहरु र हिरासतमा रहेका थुनुवाहरुको न्याय सम्पादन र स्वास्थ्य उपचारमा सहयोग गर्नका लागि इइजी सेवाको शुभारम्भ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गरेका हुन् ।
सेवाको उदघाटन गर्दे उनले आपराधिक प्रवृत्ति, अपराध र अपराधीकणका सम्बन्ध केलाएर ती आपराधिक घटना हुनबाट जोगाउन मानसिक स्वास्थ्य एक अर्कासँग गहिरो रुपमा सम्बन्धित हुने भएकाले यो सेवा प्रभावकारी बन्ने बताए। कारागारमा रहेका व्यक्ति जसलाई विभिन्न प्रकारका मानसिक रोग लागेको हुन्छ तिनलाई निदान गर्न यो प्रयोग गर्ने गरिन्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्