स्वास्थ्यका समस्या समाधानका लागि सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधानका लागि सुझाव मागेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै आफनो इमेल र ह्वाट्सएप मार्फत सुझाव माग गरेका हुन्।
उनले आफनो फेसबुक पेजमा लेखेका छन,’स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको केही दिन भयो । मलाई यो अवसर प्रदान गर्नुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँहरूबाट धेरै शुभकामना, आशीर्वाद र माया पाएको छु । अझ महत्वपूर्ण, स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि धेरै सल्लाह सुझावहरू प्राप्त भएको छ । यहाँहरूका सुझाव अनुसार नै, स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने हाम्रो उद्देश्य हो ।
स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन् । ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ । यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ। ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक छ ।
यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने छौँ । त्यसैले, समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरू के के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के के हुन् ? र तीनको समाधान कसरी गर्ने र ? जस्ता सवालहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि के कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरूको रचनात्मक सुझावको अपेक्षा गरेको छु । ती सुझावहरू ईमेल तथा ह्वाट्सअप मार्फत दिन सक्नुहुनेछ ।’
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा