काठमाडौंको ढलमा भेटियो पोलियोको जीवाणु

हेल्थ टिभी अनलाइन : काठमाडौंको बागमती र टुकुचाको संगमबाट लिइएको ढलको नमुनामा पहिलोपटक पोलियोको जीवाणु फेला परेको छ ।
नियमित परीक्षण गर्ने क्रममा टुकुचा र बागमतीमा मिसिएको ढलमा पोलियोको जीवाणु फेला परेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन्। सन् २०१० यता नेपालमा पोलियोको केश देखिएको थिएन । देश पोलियो मुक्त घोषणा भएको भए पनि अहिले आएर वातावरणमा पोलियोको जीवाणु भेटिएपछि परिवार कल्याण महाशाखाले आज आकस्मिक पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।
सो कार्यक्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले जेठ १३ गते काठमाडौंको बागमती र टुकुचाको संगमबाट ढलको पानीको नमुना लिएर परीक्षणमा पठाइएकोमा उक्त नमुनामध्ये एउटा नमुनामा पोलियोको जीवाणु भेटिएको बताए । उनले भने, ‘यो व्यक्तिमा भेटिएको होइन, त्यसैले आत्तिहाल्नु पर्दैन । तर वातावरणमा यसको जीवाणु देखिँदा सतर्कता भने अपनाउनपर्ने भएको हो ।’
उता डा गौतमले जीवाणु म्युटेट भएर आएको देखिएकोले यो धेरैतिर फैलिन नपाओस भनेर तुरुन्त प्रभावित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यही ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । यो अभियानमा ५ वर्ष मूनिका सबै बालबालिकालाई पोलियो खाप दिइनेछ । उनका अनुसार सरकारले सन् २०१७ देखि नियमित रुपमा यसरी ढलहरुबाट नमुना परीक्षण गर्दै आइरहेको थियो । उनले त्यसपछि लिइएका नमुनामा भने जीवाणु नभेटिएको पनि जनाए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्