अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु

हेल्थ टिभी अनलाइन : चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज मा उपचाररत एक बिरामी अस्पतालकै झ्यालबाट खसेर मृत्यु भएको छ।
पिसाब थैलीको क्यान्सर सम्बन्धी उपचारका लागि नवलपरासीको हुक्सेकोट गाउँपालिका २ का ७६ वर्षीय बलबहादुर खाम्चा बिहीबार अस्पतालमा भर्ना भएका थिए।
बुधबार बिहान १०: ४० बजे अस्पतालको ‘ए’ ब्लकको तेस्रो तल्लाको झ्यालबाट खसेका उनलाई तत्काल उपचारका लागि सोही अस्पतालको इमरजेन्सी कक्षमा पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रासस
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्