Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालको साधारणसभा सम्पन्न, शेयर धनीलाई १०.५ % नगद लाभांश

नेपाल क्यान्सर अस्पतालको साधारणसभा सम्पन्न, शेयर धनीलाई १०.५ % नगद लाभांश

हेल्थ टिभी अनलाइन : ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

अस्पताल निजी कम्पनीबाट सामुदायिक कम्पनीमा परिणत भएपश्चात शनिबार कम्पनीका अध्यक्ष डा सुदिप श्रेष्ठको अध्यक्षतामा दोस्रो साधारणसभा बैठक बसेको हो ।

बैठकमा कम्पनीका ५० भन्दा बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९\ ८० को प्रतिवेदन, आव २०७९\ ८० को लेखा परिक्षण प्रतिवेदन, आव ०८१\८२ का लागि लेखा परिक्षक नियुक्ति र आव २०७९\८० को नाफाबाट शेयर धनीहरुलाई १०.५ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा