मस्तिष्क मृत्यु पश्चात हुने अंगदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान सम्बन्धी अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ उपत्यका भित्रका अंगदान हुन सक्ने अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फरेन्सिक विशेषज्ञ, महानगरिय प्रहरी कार्यालय अन्तर्गत काठमाडौं उपत्यका भित्रका सम्पूर्ण प्रहरी कार्यालयका अधिकृत प्रतिनिधिहरु, ट्राफिक प्रहरीहरु र पत्रकार सहितको टोलिसँग मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि वृहत छलफल भएको हो ।
मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भनी जनचेतनाको अभिवृद्धि गर्ने कार्यलाई सबैभन्दा महत्व दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिन्छ र सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठले बताए । सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्युबाट भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर अंग प्रत्यारोपण बाट बञ्चित हुने कार्यको अन्त्य हुने विस्वाश डा श्रेष्ठले व्यक्त गरे ।
कार्यक्रममा मस्तिष्क मृत्युबाट हुने अंग वितरण पारदर्शी बनाउन नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्