कैदीबन्दीको स्वास्थ्य अवस्था संकलन गर्दै सरकार

हेल्थ टिभी अनलाइन : देशभर रहेका करिब ३० हजार कैदीबन्दीहरुको स्वास्थ्य अवस्था केन्द्रीय कारागार अस्पतालले संकलन गर्ने भएको छ ।
केन्द्रीय कारागार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले ७२ जिल्लामा रहेका ७५ वटा कारागार मा रहेका कैदी बन्दीहरुमा कस्ता खालका स्वास्थ्य समस्या देखा परेको छ भनेर जानकारी लिन यस्तो खालको सूचना संकलन गर्न खोजिएको बताए ।
कारागार अस्पतालले कैदी बन्दीहरुलाई बेला बेलामा विशिष्टीकृत शिविरहरु राखेर उनीहरुको स्वास्थ्य अवस्था बुझने र उपचार दिने काम पनि गर्दै आइरहेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्