वर्षातको समयमा देखिने रोगहरुबाट कसरी जोगिने ?

हेल्थ टिभी अनलाइन : वर्षातको समयमा विशेष गरी पानीजन्य रोगहरुले सताउने गर्छन । त्यसमा पनि बालबालिका तथा सुत्केरी महिलाहरु बढी जोखिममा हुन्छन ।
यो बेला पिउने पानी, खानेकुरा र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । वर्षातको समयमा झाडापखाला, हैजा, आउँ, टाइफाइड, जन्डिस तथा रुघाखोकीको बढी जोखिम हुन्छ । यो बेला वर्षातका कारण पानी दूषित हुने हुँदा उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । यसैगरी यो बेला खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । बासी तथा नपाकेका खानेकुरा खान हुँदैन । घरायसी फोहोरलाई पनि जथाभावी नफाली राम्ररी डिस्पोज गर्ने गर्नुपर्छ ।
आफनो वरपर पानी जम्न नदिएर डेंगुको जोखिमबाट पनि जोगिनुपर्छ । यसरी स सानो कुरामा आफैले ध्यान दिन सके पानीजन्य रोगबाट जोगिन सकिन्छ । तर यदि पानीजन्य रोग लागेको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्