बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा

हेल्थ टिभी अनलाइन : बागमती प्रदेश सरकारबाट स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
उनी सहितका एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् । २० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए ।
४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर पर्न थालेको हो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्