नेपाल क्यान्सर अस्पतालमा प्रभु बैंकका कर्मचारीले उपचारमा छुट पाउने

हेल्थ टिभी अनलाइन : प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ । ललितपुरको हरिसिद्धिस्थित उक्त हस्पिटलमा प्रभु बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।
उक्त अवसरमा नेपाल क्यान्सर अस्पतालमा कार्यरत डाक्टर डा प्रफुल्ल शाक्यले स्तन क्यान्सर सम्बन्धी र डा अनु बज्राचार्यले पाठेघर को क्यान्सर सम्बन्धी जनचेतनामूलक प्रस्तुति दिएका थिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्