नेपालगंजमा विद्यालयका किशोरीहरुको नि:शुल्क रक्त परीक्षण

हेल्थ टिभी अनलाइन : नेपाल सुक्ष्म पोषक तत्व सर्भेक्षण, २०१६ अनुसार नेपालका २१ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या रहेको छ । किशोरीहरुमा यसरी रगतको कमी देखिनु जीवनचक्रमा आधारित पोषणको हिसाबले अत्यन्तै गम्भिर समस्या हो, जसको असरले यस्ता किशोरीहरु तथा उनीहरुबाट पछि जन्मिने बालबालिकाहरुमा दीर्घकालिन रुपले स्वास्थ्यमा असर पर्दछ ।
किशोरीहरुमा हुने रक्तअल्पता कम गर्न भारत, फिलिपिन्स, कम्बोडिया, इजिप्ट, लाओस र भियतनाम लगायत विश्वका विभिन्न मुलुकहरुमा किशोरीहरुमा साप्ताहिक आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएको छ । विश्वका अन्य देशहरु जस्तै नेपालमा पनि किशोरावस्थामा हुने रक्तअल्पताको समस्यालाई सम्बोधन गर्नको लागि नेपाल सरकारले आ.व. २०७२\७३ बाट विद्यालयका १० देखि १९ बर्ष उमेर समुहका किशोरीहरुलाई विद्यालय मार्फत तथा विद्यालय नजाने किशोरीहरुलाई स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम् सेविकाहरु मार्फत सप्ताहिक रुपमा आइरन चक्की खुवाउने कार्यक्रम ८ जिल्लाहरुबाट सुरु गरेको थियो ।
किशोरकिशोरीहरुका लागि पोषण कार्यक्रम सन्चालन निर्देशिका २०७६ अनुसार किशोरीहरुलाई प्रत्येक वर्ष श्रावण महिनाबाट सुरु गरि हप्तामा एक पटकका दरले लगातार १३ हप्ता सम्म आइरन चक्की खुवाउने र १३ हप्ता नखुवाउने गरि एक बर्षमा एउटा किशोरीले २६ वटा आईरन फोलिक एसिड चक्कि खानु पर्छ । सोही निर्देशिका अनुसार यस शहरी स्वास्थ्य केन्द्र नेपालगंज २ ले पनि आफनो वडा भित्रका सबै विद्यालयका १० देखि १९ बर्षका किशोरीहरुलाई विद्यालयमा एक बर्षमा करिब २६ वटा आइरन खुवाई सकेपछि आइरन चक्की खाएका र नखाएका किशोरीहरुको शरिरमा रगतको मात्रा पत्ता लगाउन २ नं. वडा कार्यालय नेपालगंजको आर्थिक सहयोग र यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टर नेपालगंज २ घरबारि टोलको प्राविधिक सहयोगमा विद्यालयका किशोरीहरुको निःशुल्क रक्त परिक्षण शिविर श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय नेपालगंज २ घरबारि टोलमा सम्पन्न गरेको छ ।
जुन शिविरमा जम्मा ५७ जना किशोरीहरुको निःशुल्क रक्त परिक्षण भयो । शिविरको समापन सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमा उपाध्यायको अध्यक्षतामा भयो । समापन सत्रमा प्रमुख अतिथि २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, सोही विद्यालयका प्रधानाध्यापक विरेन्द्र यादव, स्वास्थ्य महाशाखा नेपालगंजका प्रमुख राम बहादुर चन्द, पुर्व वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सुनिल सिंह हमाल, वडा सदस्य तुलसा नेपाली, यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टर नेपालगंज २ का संचालक रोशन के.सि. तथा विद्यालयका शिक्षक, शिक्षिकाहरु र रक्त परिक्षण गराएका छात्राहरुको उपस्थिति रहेको थियो ।
समापन सत्रमा प्रमुख अतिथिहरुले शुभकामना मन्तव्य राख्दै यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टर नेपालगंज २ का संचालकलाई धन्यवाद समेत दिएका थिए । शुभकामना मन्तव्य दिदै २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले यो शिविर अति नै राम्रो रहेको र यो शिविरले किशोरीहरुको शरिरमा रगतको मात्रा के कति छ सो को जानकारी समयमै गराउन सहयोग गर्ने बताए उनले आगामी आ.व. २०८१\८२ मा अन्य विद्यालयहरुमा पनि यस्तै खालका शिविर राख्ने प्रतिवद्घता समेत व्यक्त गरेका छन् । मन्तव्यकै क्रममा यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टरका संचालक रोशन के.सि. ले आफनो संस्थाले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै यो शिविरमा सहयोग गरेको जानकारी प्रदान गरे । समापनसंगै शिविरको आयोजक शहरी स्वास्थ्य केन्द्र नेपालगंज २ ले प्राविधिक सहयोग गर्ने यशोदा मल्टिस्पेसलिटि हेल्थ सेन्टर नेपालगंज २ लाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमा उपाध्याय तथा २ नं. वडा कार्यालयका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ ज्यु को हातबाट प्रशंसा–पत्र स–धन्यवाद प्रदान गरियाे ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने