डा किरणराज शर्माको ६५ वर्षको उमेरमा निधन

हेल्थ टिभी अनलाइन : वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा किरणराज शर्माको निधन भएको छ ।
सोमबार विहान सिभिल अस्पतालमा उपचार क्रममा डा शर्माको निधन भएको हो । ६५ वर्षीय शर्मा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । परोपकार प्रसुति गृहमा लामो समय सेवा गरेका एनेस्थेसियोलोजिष्ट डा शर्मा १० औं तहबाट अवकास पाएका थिए । डा शर्मा असमायिक निधनबाट नेपाल चिकित्सक संघले स्तब्ध भएको जनाएको छ ।
संघका महासचिव डा सन्जिव तिवारीले जारी गरेको विज्ञप्तीमा डा शर्माले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पु¥याएको योगदानलाई स्मरण गरिएको छ । ‘इमान्दार, लगनशील तथा वरिष्ठ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको छ,’ संघले भनेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्