यस्ता छन् डेंगुबाट जोगिन अपनाउनुपर्ने तीन उपाय

हेल्थ टिभी अनलाइन : गर्मी मौसम र त्योसँगै वर्षात सुरु भएसँगै डेंगु फैलाउने लामखुट्टेको संख्यामा पनि वृद्धि हुनथाल्छ । पानीमा फूल पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई यो बेला डेंगुका बिरामी पनि बढ्न थाल्छन् ।
त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुबाट जोगिन सबैलाई लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको छ । यसबाट बच्ने पहिलो उपाय भनेको आफनो वरिपरी पानी जम्न नदिने हो । ताकी पानीमा आएर लामखुट्टेले अण्डा पार्न नसकोस् ।
दोस्रो उपाय भनेको यसको टोकाईबाट जोगिन पूरा बाहुला भएको कपडा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउको दुख्ने भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्