आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन : आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ । अन्य संघ संस्थाले पनि विभिन्न योग अभ्यास लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।
स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ । मानसिक र शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिएको योगप्रति मानिसहरूलाई जागरूक बनाउन प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन लागिएको हो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्