Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने

दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने

हेल्थ टिभी अनलाइन \दैलेख : नारायण नगरपालिका दैलेखले अबदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्ने भएको छ ।

नारायण नगरपालिकाकी उप मेयर तप्ता थापाले धेरै रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबाट नागरिकलाई जोगाउन अबदेखि सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाई गरिने बताएकी हुन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दको समन्वयमा आउटरिच मिडियाले दैलेखमा गरेको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन्।

‘उनले भनिन्, ‘अबदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवनमा कडाई गर्छौ । अटेर गर्नेलाई ऐनमा भएको नियम अनुसार कारवाहीको दायरामा ल्याइने पनि उनले बताइन् । उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने अभियानमा सबै संघसंस्थाको साथ सहयोगको लागि आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा धर्मराज रेग्मीले सुर्तीजन्य पदार्थको सेवनले असर नगर्ने कुनै अंग नै नभएको भन्दै यसले मुटुरोग, मिर्गौला रोग, क्यान्सर जस्ता रोगको भार बढाइरहेको भन्दै सुर्तीजन्य पदार्थको सेवनमा कडाई गर्न सबै लाग्नुपर्ने बताए । उनले क्यान्सर भएपछि सरकारले दिने छुटको सेवा लिन अस्पतालमा आउने बिरामीको संख्या बढिरहेको समेत जिकीर गरे ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै निकायको उत्तिकै भूमिका रहेको भन्दै सबै व्यक्ति जागरुक भएर यसको नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए । यसैगरी दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले प्रहरीको तर्फबाट सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा कस्तो सहयोग चाहिन्छ आफूहरु सो गर्न तयार रहेको बताए । कार्यक्रममा सरोकारवाला निकायका व्यक्तिहरुले आ आफनो धारणा राखेका थिए । उनीहरुले काूनन भए पनि सुर्तीजन्य पदार्थ सेवनमा कडाई गर्न नपुगेको गुनासो गरेका थिए ।

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ बनिसकेको छ । तर यसको कार्यन्वयन पक्ष भने फितलो देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार