सुदूरपश्चिम प्रदेश स्वास्थ्य मन्त्रीमा ओम विक्रम भाट

हेल्थ टिभी अनलाइन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओम विक्रम भाट नियुक्त भएका छन्।
सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
भाट प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ ‘१०’ मा नेकपा एमालेका बचन बहादुर सिंहलाई ४७५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
२०५९ सालदेखि माओवादी आन्दोलनमा सक्रिय उनी अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसम्म भइसकेका छन्।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्