६९ जिल्लामा फैलियो डेंगी संक्रमण

हेल्थ टिभी अनलाइन : नेपालमा ६९ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का अनुसार सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगी संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९ र कोशी प्रदेशमा २६४ जनामा डंगी पुष्टि भएको छ ।
मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला अन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगी संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगी पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगी पुष्टि भएको छ ।
मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी नभएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । वर्षा सुरु हुनासाथ डेंगीको संक्रमण अझ बढी देखिने गर्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्