राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं सफल कलेजो प्रत्यारोपण, यो वर्ष मात्र १५ जनाले लिए सेवा
मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा पनि अब्बल बन्दै

हेल्थ टिभी अनलाइन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण सफल भएको छ । मिर्गौला प्रत्यारोपणमा अग्रणी केन्द्र अब कलेजो प्रत्यारोपणमा पनि अब्बल हुँदै गएको छ ।
बुधबार कलेजो प्रत्यारोपण गरेका निजगढ बाराका ५४ वर्षीय बद्रीप्रसाद चौलागाइँ प्रत्यारोपण भएको १० दिनमा सकुशल डिस्चार्ज भएसँगै केन्द्रमा कलेजो प्रत्यारोपण गर्नेको संख्या २५ पुगेको हो । उनलाई उनकी श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी हुन्।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा यस वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ । यस केन्द्रमा हुने कलेजो प्रत्यारोपणमा लाग्ने शुल्क विश्वमै सबैभन्दा न्यून रहेको केन्द्रका निर्देशक समेत रहेका डा श्रेष्ठको भनाई छ ।
डा श्रेष्ठका अनुसार केन्द्र स्थापना भएको १२ वर्षमै देशमै सबैभन्दा धेरै १ हजार २४८ जनाको मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्