Health TV Online
Health TV Online

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे नियुक्त

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे नियुक्त

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै डा घिमिरेलाई रोग नियन्त्रण महाशाखाको प्रमुखको जिम्मेवारी दिएका हुन् । यसैगरी आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदिप केसीलाई दिइएको छ ।

यसैगरी भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार