स्वास्थ्य मन्त्री यादवद्धारा मेडिसिटी अस्पतालको निरीक्षण

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले नेपाल मेडिसिटी अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री यादवले अस्पतालले प्रदान गर्दै आएको सेवाकाबारेमा जानकारी लिएका थिए । उनले अस्पतालका विभिन्न वार्ड तथा विभागहरुको अवलोकन समेत गरेका थिए । अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरुको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा वृहत छलफल गरेका थिए ।
अस्पताल प्रशासनले पनि मन्त्री यादवसँग सहज रुपमा औषधी उपलब्ध हुुनुपर्ने, औषधी निर्यातमा औषधी व्यवस्था विभागका झन्झटिला प्रक्रियालाई सहजिकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्र्तराष्ट्रिय स्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरुलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको थियो ।
यादव मन्त्री भएर आएपछि सरकारी ठूला अस्पतालको निरीक्षण गर्ने क्रममै निजी क्षेत्रको ठूलो अस्पताल मेडिसिटी पनि निरीक्षण गरेका हुन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्