सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दै डा बमलाई इन्डोनेशिया सरकारद्धारा अवार्ड

हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दै डा तारा सिंह बमलाई इन्डोनेशिया सरकारले अवार्ड प्रदान गरेको छ ।
इन्डोनेशियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा बमलाई अवार्ड प्रदान गरेका हुन् । १७ वर्षदेखि लगातार इन्डोनेशिया तथा विश्वमै सुर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा बमलाई उक्त अवार्ड प्रदान गरिएको हो । डा बमले सुर्तीजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् ।
डा बम यसअघि लामो समय इन्टरनेशनल यूनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एशिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए भने हाल भाइटल स्टार्टेजी नामक संस्थामा टोबाको कन्ट्रोल कार्यक्रमका एशिया प्यासिफिक डाइरेक्टर छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्