एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो स्वास्थ्य चुनौती बन्दै
प्रत्येक २ मिनेटमा एक जनाको एन्टिमाइक्रोबियल रेसिस्टेन्सकाे कारण मृत्यु

हेल्थ टिभी अनलाइन : एन्टिमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो चुनौती बन्दै गएको भन्दै यसमा तुरुन्त एक्सन चाल्न विज्ञहरुले सुझाव दिएका छन् । ७७ औं विश्व वल्र्र्ड हेल्थ एसेम्बलीमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले एन्टीमाइक्रोबियल रेसिस्टेन्स विश्वकै ठूलो चुनौतीको रुपमा देखा परेको भन्दै असामयिक मृत्युमध्ये अहिले यो एक प्रमुख कारण बनेको बताए । उनले विश्वमा अहिले प्रत्येक एक मिनेटमा २ जनाको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण मृत्यु हुने गरेको समेत जानकारी दिए ।
यसैगरी लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका ग्लोबल हेल्थ प्रोफेसर डा पिटर पायटले स्वास्थ्यको क्षेत्रमा हालसम्म भइरहेको प्रगतिमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सले आँधीतुफान ल्याएको र यसले अझ बढी खराब गर्ने संकेत देखाएको बताए । उनले समयमै काम गर्न नसके पछुताउन पर्ने समेत बताए ।
सिनिअर एन्टिमाइक्रोबियल रेसिस्टेन्स साइन्टिस्ट डा कामिनी वालियाले कम आयस्रोत भएका देशहरुमा अझ बढी एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या देखिएको र जसले गर्दा बिरामीको मृत्युदर पनि सोही देशहरुमा बढी भएको बताइन । डा वालियाले समस्या भएपछि समाधानका लागि धेरै कामहरु गर्नं सकिने भन्दै त्यसका लागि हाइ लेबलको कमिटमेन्ट चाहिनेमा जोड दिइन । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम गर्न अस्पतालको क्षमता बढाउने, लगानी बढाउने तथा यसलाई प्राथमिकतामा राखेर काम गरेमा समस्या कम गर्दै लान सकिनेमा जोड दिइन । उनले अस्पतालको इन्फेक्सन कन्ट्रोलमा मुख्य ध्यान दिन आवश्यक रहेको समेत जिकीर गरिन । यसैगरी उता डा पिटर पायटले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा युवाहरुलाई सलंग्न गराउनुपर्नेमा जोड दिए । यसक्रममा वान हेल्थ ट्रस्टका डा रमानन लक्ष्मीनारायणले एन्टीमाइक्रोबियल समस्या कम गर्न वान हेल्थ अप्रोच अपनाउन जरुरी रहेको बताए । उनले भने, हाम्रो स्वास्थ्य एनिमल, खाना तथा वातावरणमा सिधै जोडिएको छ । त्यसैले यी सबैमा एन्टीबायोटिकको प्रयोग हुँदा सिधै असर मानव जीवनमा पर्छ । अब यी कुरालाई पनि ध्यानमा राखेर समाधान खोज्नुपर्छ ।
यही सेप्टेम्बरमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी यूएन हाइ लेबल मिटिङ हुँदैछ । यूनएएचएलएम नाम दिइएको सो मिटिङमा यो कुरालाई समेटेर के कसरी एन्टिमाइक्रोबियल रेसिस्टेन्सको महामारीलाई रोक्न पहल गर्न सकिन्छ भन्ने बहस गर्दै समाधानका उपाय निकाल्न विज्ञहरुको सुझाव छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स त्यस्तो गम्भीर स्वास्थ्य समस्या हो जुन एन्टीबोयोटिकको बढी प्रयोग तथा गलत प्रयोगका कारण आउने गर्छ । जसले औषधिको प्रभावकारिता कम गर्दै गएर संक्रमणमा औषधिले काम गर्न छोडेर बिरामी निको हुन बढी समय लाग्ने तथा बिरामीको मृत्यु समेत हुने डा थोमस जोसेफले जानकारी दिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्