सुर्तीजन्य पदार्थमा कर बढाइने

हेल्थ टिभी अनलाइन : सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१ \८२ को बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले सुर्तीजन्य पदार्थ तथा मदिरामा लाग्दै आएको करको दरमा वृद्धि गरिने जनाएका हुन्। करको दर कति प्रतिशतले बढाइनेछ भन्ने उनले वक्तब्यमा खुलाएनन् ।
नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने देशमा पर्छ । करको दर कम भएकै कारण नेपालमा चुरोटको मूल्य विश्वकै तुलनामा सबैभन्दा कम छ । हाल नेपालमा ३३ प्रतिशतको हाराहारीमा मात्र करको दर रहेको छ । जबकी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको करको दर नै ७५ प्रतिशत छ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्