४७ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा ४७ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ ।
क्यान्सरबाट मृत्यु भएका रुजेन पासाछेनको स्मृतिमा उनको जन्मदिन पारेर यो सर्भाइभर मिटको आयोजना गरिएको हो । कार्यक्रममा आयोजक संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर लाग्दैमा आत्तिन नहुने भन्दै समयमै उपचार र बिरामीलाई सबैको साथका्े आवश्यकता हुने बताइन । यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सरको समयमै उपचारमा जोड दिएका थिए ।
कार्यक्रममा रुजेनका दाईले आफनो भाइलाई सम्झँदै अस्पतालले गरेको सहयोगका लागि धन्यवाद दिए ।
क्यान्सरको उपचारमा रहेका एक जना बिरामीकी आमा जमुना महर्जनलाई उपचारका लागि सहयोगी हातहरुको तर्फबाट छाेराकाे उपचारका लागि रुजेनका परिवारले २५ हजार रुपैयाँ सहयोग गरेकाे थियो । उक्त रकम उपचारका लागि सहयोगी हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठले हस्तान्तरण गरेकी थिइन ।
यसैगरी रुजेनको परिवारले क्यान्सरको उपचारमा रहेका शान्तलाल श्रेष्ठलाई पनि १० हजार रुपैयाँ सहयोग गरेको थियो ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्