चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण

हेल्थ टिभी अनलाइन : नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ।
गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४ दशमलब ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार एमबीबीएसतर्फ १ हजार ३५६ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये ७ सय ५१ जना ५५ दशमलब ३८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथेल्डमा राखिएको छ।
बीडीएसतर्फ २९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१ दशमलब १७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्