Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाको आँखाको नानीमा सेतो टिका छ ? क्यान्सर पनि हुनसक्छ !

बालबालिकाको आँखाको नानीमा सेतो टिका छ ? क्यान्सर पनि हुनसक्छ !

हेल्थ टिभी अनलाइन : बालबालिकाको आँखामा देखिने क्यान्सर रेटिनोब्लाष्टोमा खास गरी ५ वर्षमूनिका बालबालिकामा देखा पर्छ । यो एक प्रकारको जटिल रोग हो । तर समयमै पत्ता लगाएर उपचार गर्न सकेमा आँखाको ज्योति र ज्यान दुबै बचाउन सकिन्छ । यही विषयमा तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे १२–१८), र विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९) का अवसरमा पत्रकारहरुसँग छलफल तथा काठमाडौं लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा बोल्दै अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितले अँध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्ने बताइन । उनले यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्नेमा जोड दिइन ।

यी लक्षणहरुलाई सतर्क रुपमा पहिचान गर्दै सहि समयका चिकित्सकसम्म आइपुग्न प्रेरित गर्दै प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यस समस्या भएका बालबालिकाका लागि निःशुल्क ओ.पि.डी सेवा, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था समेत गरेको थियो । यो सुविधा सचेतना सप्ताह अर्थात बैशाख ३० देखी ज्येष्ठ ५ गतेसम्म लागु रहेको थियो । निःशुल्क सेवा लिने रेटिनोब्लाष्टोमाका बिरामीहरु १० को संख्यामा अस्पतालमा सहभागि भएको अस्पतालले जनाएको छ । रेटिनोब्लाष्टोमा कोही जन्मिँदै लक्षण लिएर आउँछन् भने कसैमा दुई तीन वर्ष पुगेपछि मात्र यो रोग देखा पर्न सक्छ।

शुरुमा आँखाको कालो भागमा सेतो टिका अथवा ज्योति जस्तो देखा पर्छ। त्यो ज्योति फोटो खिच्दा बढी थाहा पाउन सकिन्छ। अथवा अँध्यारोमा बढी देखिन्छ। त्यस्तै असामान्य रूपमा आँखा रातो भइरहने हुनसक्छ। दुइटै आँखामा क्यान्सर देखिएमा लक्षण छिटो देखिन्छ भने एउटा मात्र आँखामा हुँदा कहिलेकाहीं सेतो दाग ढिलो देखिन सक्छ ।

धेरै जनाले शुरुको अवस्थामा आँखाको नानीमा देखिएको सानो दागलाई वास्ता नै गर्दैनन्, जसले अन्धोपन ल्याउने मात्र होइन बच्चाको ज्यानै लिनसक्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा