नेपाल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा रक्तदान, वाकाथन तथा नि:शुल्क ओपीडी सेवा

हेल्थ टिभी अनलाइन : ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो सातौं वार्षिकोत्सव २० जेठमा विविध कार्यक्रम गरी मनाउँदै छ ।
अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम, नि: शुल्क ओपीडी सेवा, वाकाथन तथा कल्चरल कार्यक्रमको आयोजना गर्ने भएको हो ।
अस्पतालका अनुसार, ११ जेठ शुक्रबार दिउँसो १२ बजे कल्चरल कार्यक्रम, जेठ १८ मा शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म नि शुल्क ओपीडी जाँच र सोही दिन बिहान ९ ३० देखि दिउँसो १ ०० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
यसैगरी १९ जेठ शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म वाकाथन कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्