क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला

हेल्थ टिभी अनलाइन\गाेवा : सन् २०३० सम्म क्षयरोगलाई विश्वबाट कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु भारतको गोवामा भेला भएका छन्।
अन्तराष्ट्रिय प्रतिवद्धता बमोजिम दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म क्षयरोग ९० प्रतिशतले घटाउनुपर्नेछ भने क्षयरोगबाट हुने मृत्यु ८० प्रतिशतले झार्नुपर्नेछ । यसैगरी क्षयरोगको उपचारमा हुने बिरामीतर्फको खर्च शून्यमा झार्नुपर्नेछ । यो लक्ष्य पूरा गर्न के के गर्न सकिन्छ भनेर सरोकारवालाहरु गोवामा भेला भएका हुन्।
मोल्बायो डायग्नोस्टिकको प्राविधिक सहयोगमा कार्यक्रम टिबी पिपुल जिम्बाबे, टिबी पिपुल इन्डिया र सीएनएसको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा विज्ञहरूले विश्वबाट क्षयरोग अनत्य गर्न सबैभन्दा महत्वपूर्ण राजनैतिक प्रतिवद्धता हुनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा बोल्दै भारत सरकारका इन्ड टिबी कार्यक्रमका पूर्व म्यानेजर डा कुलदीप सचेदेवाले वर्षौदेखि क्षयरोगको औषधि भएर पनि यसलाई अन्त्य गर्न नसक्नु ठूला विडम्बना भएको बताए । उनले क्षयरोग अन्त्यका लागि औषधि भएर मात्र हुँदैन यसको निदान र सहज पहुँत जरुरी रहेको समेत जिकीर गरे । सबैको पहुँचमा निदान गर्न सकियो भयो यसलाई लक्ष्य अनुसार कम गर्दै लान सकिने बताए । उनले क्षयरोगको अन्त्यका लागि पार्टनरशिप अप्रोचमा जान पर्ने समेत जनाए ।
यसैगरी भारतको गोवा पहिलो सम्पूर्ण रुपमा मोलिक्युलर डायग्नोस्टिक टेस्ट गर्ने स्टेट बनेको छ । यो कसरी सम्भव भयो भन्ने विषयमा गोवा स्टेट टीबी अफिसर डा मनिष गोयन्करले आफनो सफलताको कथा सुनाएका थिए । उनले आफनो क्षेत्रमा शतप्रतिशत मोलिक्युलर टेस्ट गर्न धेरै नै मिहिनेत गर्न परेको अनुभव सुनाए । उनले चुनौती धेरै भए पनि बिरामीले सहज रुपमा क्षयरोगको विश्व स्वास्थ्य संगठनले अप्रुभ गरेको र रिकमेन्डेसन गरेको परीक्षण गर्न पाएको भन्दै आँट गरेमा धेरै कुरा सम्भव हुने बताए ।
यसैगरी कार्यक्रममा स्टप टीबी पार्टनरशिपका उप निर्देशक डा साहु सुभानन्दले क्षयरोगको अन्त्य गर्न कसरी काम गर्न सकिन्छ र हामी कहाँ छौं भन्नेमा केन्द्रित रहेर प्रस्तुती दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले आ आफनो देशका सफल अभ्यासहरुको अनुभव साटासाट गरेका थिए । कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने