नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
दिनरात बिरामीको सेवामा तल्लीन हुने नर्सहरुको सम्मानमा उक्त कार्यक्रम गरिएको हो । अस्पतालको नर्सिङ विभागको संयोजनमा भएको कार्यक्रममा सबै नर्सहरुको कामको प्रशसा गर्दै केट काटेर एक आपसमा खुशी साटासाट गरिएको थियो ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले सधैं बिरामीलाई प्राथमिकतामा राखेर सेवामा लागेका नर्सहरुको सम्मानमा यो कार्यक्रम गरिएको र उनीहरुलाई अझ बढी हौसला आवश्यक रहेको जिकीर गरे । उनले बिरामीलाई निको बनाउन नर्सहरुको भूमिका महत्वपूर्ण हुने समेत जनाए ।
यसैगरी अस्पतालका मेडिकल निर्देशक डा बिजेशराज घिमिरेले नर्सहरु अवसर र अध्ययनको निम्ति विदेशिने परम्पराको अन्त्य गर्न स्वदेशमै सेवा सुविधा र सम्मान बढाउन पर्ने बताए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्