क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र

हेल्थ टिभी अनलाइन : क्यान्सर रोग र यसको उपचारबारे जनचेतनामूलक सन्देश दिनका लागि हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले के डेरा के घर नामक टेलि चलचित्र सार्वजनिक गरेका छन् ।
क्यान्सर लाग्दैमा मरिंदैन र यसको उपचार नेपालमै सर्वसुलभ रुपमा उपलब्ध छ भन्ने सन्देश दिन तथा विदेश जाँदैमा रोग निको हुने नभई अनेकौं झन्झट व्यहोर्न पर्ने यथार्थ चित्रण गर्दै टेलि चलचित्र बनाइएको छ । महजोडी आफैले अभिनय गरेको उक्त चलचित्रमा हरिवंशलाई क्यान्सर लागेको देखाइएको छ । अत्यधिक चुरोटको सेवन गर्ने उनलाई जब फोक्सोको क्यान्सर लाग्छ तब आफन्त र तथा छरछिमेकले बाहिर गएर उपचार गर भनेर दिएको दबाब र त्यसले पारेको आर्थिक भार पनि उजागर गर्न खोजिएको छ ।
नेपालमै हुने उपचार पनि अन्य व्यक्तिको दबाबका कारण बाहिर गएर गर्दा काठमाडौंको घर नै बेच्न परेको र अन्तमा नेपालमै उपचार गरेर निको भएको कुरा चलचित्रमा देखाइएको छ । टेलि चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार अहिले नेपालमै सम्भव भएको भन्दै आफनै ठाउँमा आफनै आफन्त परिवारसँग बसेर उपचार गर्दा धेरै सजिलो हुने बताए । उनले अरुको लहैलहैमा लागेर हिंडन नहुने समेत जनाए । यसैगरी हरिवंश आचार्यले पनि अरुको आफूलाई चलचित्रमा दिइएको दबाब जस्तै कसैले दबाब दिए पनि नेपालमै आफूले सक्ने हिसाबले मात्र उपचार गर्न सल्लाह दिएका थिए । उनले आफनै देशमा हुने उपचारका लागि बाहिर गएर दुख पाउनुबाहेक अरु नहुने समेत जनाए ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचार गर्ने अत्याधुनिक र सुविधासम्पन्न अस्पताल तथा विशेषज्ञ चिकित्सकहरु हुँदाहुँदै पनि क्यान्सरका विरामी आफन्त तथा बाहिरका व्यक्तिको लहैलहैमा विदेश जाने र आर्थिक रुपमा धेरै पैसा खर्च भइसकेपछि मात्र फेरि नेपालमै आएर उपचार गर्न खोज्ने गरेको देखिएको बताए । यो ठूलो विडम्बना भएको पनि उनले जिकीर गरे ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, नरेन्द्र कशांकार, नारायणदेवी श्रेष्ठ, सिरु बिष्ट, सावित्री शर्मा, राजु भुजु, शशिकुमार खड्का,पुजा लिम्बु, ओजश्वी बिष्ट, दिपक कोइराला, सहारा कोइराला लगायतको भूमिका रहेको सो टेलि चलचित्रलाई मह जोडीले निर्देशन गरेका हुन्।
सो टेलि चलचित्र प्रदर्शनीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले क्यान्सरमा भिडियो मार्फत जनतेचनामुलक कार्य गरेकोमा धन्यवाद दिंदै क्यान्सर बारेको जनचेतना फैलाउने कार्यमा सहकार्य गर्न महानगर सधैं तयार रहेको बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने