डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

हेल्थ टिभी अनलाइन : डा भगवान कोइरालाले सातै प्रदेशमा बनाउन लागेको बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।
डा कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।
शुक्रबार काठमाडौंको किओच निर्माणस्थल पुगेका गुरुङले घोषित रकमबाट किओचका लागि अत्याधुनिक छुट्टै भवन बनाईदिने बताएका छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्