आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

हेल्थ टिभी अनलाइन : आजदेखि सरकारले सात वटा जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउँदैछ । सात जिल्लाका ५० लाख ७८ हजार जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।
झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भइसकेको र १३ जिल्ला रोगमुक्त भइसकेको पनि उनले जानकारी दिए ।
उनले अहिले औषधि खुवाउन लागिएका सात जिल्लामा भने यसअघि चलाइएका अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताए ।
हात्तिपाइले विरुद्ध खुवाइने तीन प्रकारका औषधि पूर्ण रुपमा सुरक्षित रहेको र धेरै देशहरुले प्रयोग गर्दै आइरहेको भन्दै औषधि सेवन गरेर यो रोगबाट बच्न स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्राले सबैलाई आग्रह गरेकी छिन् ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्