स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रतिष्ठानमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गर्ने र सो संस्थाको विज्ञापन समेत गरेको पाइएको भन्दै आपत्ति जनाएको छ ।
मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल, प्रतिष्ठान, केन्द्रमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजी अस्पताल तथा क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएमा र सोबारेमा विज्ञापन गरेको पाइएमा कडा कारवाही गर्ने जनाएका छन् । विज्ञप्तिमा सरकारी अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमै निजीमा काम गर्ने मात्र नभएर सोकोबारेमा विज्ञापन गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण समेत गरेको व्यापक गुनासो आएको र त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।
उनले जारी गरेको विज्ञिप्तमा भनिएको छ, ‘आगामी दिनमा सरकारी डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्तो गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ , नेपाल स्वास्थ्य नियमावली २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारवाही गरिने छ ।’
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्