वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने

हेल्थ टिभी अनलाइन : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय अभियानका रुपमा वर्षको दुईपटक सञ्चालन हुने यस कार्यक्रममा वैशाख महिनालाई भने खोप महिनाका रुपमा लिंदै छुटेका खोप पनि दिने गरिन्छ । राष्ट्रिय खोप कार्यक्रमले हरेक वैशाख महिनामा खोज र खोप नीति अवलम्बन गरी नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोजेर छुट खोप दिएर पूर्णखोप सुनिश्चित गर्ने अवसरका रुपमा हेर्ने गरेको छ ।
गत वैशाख महिनाको यो अभियानमा ४० हजार ४६३ जना खोप लगाउन छुटेका बालबालिकालाई खोप दिइएको परिवार कल्याण महाशाखाले जनाएको छ । नजिकैको स्वास्थ्य संस्थामार्फत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउन तथा छुटेको खोप लगाउन परिवार कल्याण महाशाखाले सबैलाई आग्रह समेत गरेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्