क्यान्सर सर्भाइभर्सले नाचगान गर्दै मनाए नयाँ वर्ष

हेल्थ टिभी अनलाइन : क्यान्सर सर्भाइभर्सले नाचगान गर्दै नयाँ वर्ष २०८१ लाई स्वागत गरेका छन्।
नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको समन्वयमा आयोजना भएको कार्यक्रममा उनीहरुले एक आपसमा खुशी साटासाट गर्दै नयाँ वर्ष मनाएका हुन्।
क्यान्सरलाई जितेर स्वस्थ जीवनयापन गरिरहेका उनीहरुले आ आफनो प्रतिभा देखाएका थिए । क्यान्सर लाग्दैमा जीवन सकिंदैन भन्ने सन्देश दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका उनीहरुले यसपटक भने ४६ औं क्यान्सर सर्भाइभर मिटका रुपमा आ आफूमा भएको प्रतिभा देखाएर नयाँ वर्षमा अझ उमंग थप्ने जमर्को गरेका छन् । यसमा क्यान्सर विशेषज्ञ, सपोर्ट ग्रुपका पदाधिकारी तथा अस्पतालका कर्मचारीले उनीहरुलाई साथ दिएका थिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्