स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरी : राष्ट्रपति पौडेल

हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउनुपर्ने बताएका छन् ।
बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा विशेष गरी नसर्ने रोग, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य लगायतका विषयमा परिषद्ले गरेका अनुसन्धानले स्वास्थ्य क्षेत्रको नीति, कार्ययोजना तथा रणनीति बनाउन सहयोग पुगेको भन्दै परिषद्ले गरेको कामको प्रशंसा गरे ।
उनले पलायन हुन खोजिरहेको युवा तथा नयाँ अनुसन्धानकर्ताहरुलाई अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा पनि जोड दिए । यसका साथै परिषद्ले गरेका अनुसन्धानलाई विभिन्न निकायसँग सहकार्य गरी व्यवहारिक रुपमा लागु गर्नुपर्नेमा पनि उनको जोड थियो ।
राष्ट्रपति पौडेलले खोज र अनुसन्धानमा आधारित नीति तथा कार्यक्रमले मात्र देश विकासतर्फ लम्कने भन्दै यो क्षेत्रमा लगानी र प्राथमिकताको अझ बढी आवश्यक भएको जिकीर गरे ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्