आगलागीका कारण क्यान्सर अस्पतालको सिटी स्क्यान, भिडियो एक्सरे लगायतका सेवा अवरुद्ध

हेल्थ टिभी अनलाइन : आइतबार भएको आगलागीका कारण बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान, भिडियो एक्सरे, ब्राकाथेरापी, एक्सरे लगायतका सेवा अवरुद्ध भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रकाश प्रसाद शाहले आज एक सूचना जारी गर्दै आइतबार रेडियोलोजी विभागमा आगलागी भएर क्षति भएका कारण केही समयका लागि यी सेवा अवरुद्ध हुन पुगेको जनाएका छन् ।
अस्पतालमा आइतबार साँझ एक्कासी रेडियोलोजी विभाग भएको भवनमा आगलागी भएको थियो । जसले गर्दा सिटी स्क्यान, भिडियो एक्सरे लगायतका मेशिनमा ठूलो क्षति पुगेको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्