पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन

हेल्थ टिभी अनलाइन : पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको उपचारका क्रममा निधन भएको छ।
डा मिश्रको उपचारका क्रममा भारतको नयाँ दिल्लीको म्याक्स अस्पतालमा निधन भएको हो। पित्तथैलीको समस्याका कारण शल्यक्रिया गरेपछि उनको आइसीयूमा राखेर उपचार भइरहेकोमा हिजो राती एक्कासी स्वास्थ्यमा थप अन्य समस्या आएर निधन भएको परिवार स्रोतले जनाएको छ ।
दन्तरोग विशेषज्ञ डा मिश्रले विसं २०६६ सालदेखि २०७१ सम्म ५ वर्ष स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी ६२ वर्षका थिए ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्