Health TV Online
Health TV Online

भारतमा क्यान्सरको नक्कली औषधिको बिगबिगी, नेपाली बिरामी पनि ठगिंदै

बिरामीलाई किमो दिइसकेको इन्जेक्सनको खाली बोतलमा एन्टी फंगल औषधि हालेर बिक्री, राजीव गान्धी अस्पतालका २ कर्मचारी सहित ७ जना पक्राउ

भारतमा क्यान्सरको नक्कली औषधिको बिगबिगी, नेपाली बिरामी पनि ठगिंदै

हेल्थ टिभी अनलाइन : भारतको दिल्ली पुलिसको क्राइम ब्रान्चले क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको नक्कली औषधि बनाएर बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले ७ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको बताइएको छ । सो कार्यमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीलाई उदृत गर्दै त्यहाँको जागरण राष्ट्रिय पत्रिकाले लेखेको छ । सो गिरोहका ७ जनामध्ये दुई जना नयाँ दिल्लीको रोहिनी मार्गमा रहेको क्यान्सरको ठूलो अस्पतालमा गनिने राजीव गान्धी क्यान्सर अस्पतालका दुई कर्मचारी पनि रहेका छन् ।

ती गिरोहले अस्पतालका कोमल र अभिनय नाम गरेका दुई कर्मचारीसँग मिलेर बिरामीलाई किमो दिइसकेको इन्जेक्सनको खाली बोतल लिएर त्यसमा एन्टी फंगल औषधि हालेर दिल्ली, हरियाणा, बिहार तथा नेपाल र अफ्रिकी मुलुकबाट क्यान्सरको उपचारमा आएका सोझासाझा बिरामीलाई डिस्काउन्ट दिने भन्दै बिकाउने गरेको पाइएको हो । बिरामी पनि सस्तोमा औषधि पाइयो भन्दै चुप लागेर बस्दा नक्कली औषधिको चंगुलमा फसेको सो पत्रिकामा उल्लेख छ । उक्त औषधि भारतको मोती नगरमा बनाउने गरेको पाइएको छ । उक्त पत्रिकाका अनुसार नेपालबाट गएका कयौं क्यान्सरका बिरामी  यसबाट ठगिएको पाइन्छ ।

ती गिरोहले अस्पतालका कोमल र अभिनय नाम गरेका दुई कर्मचारीसँग मिलेर बिरामीलाई किमो दिइसकेको इन्जेक्सनको खाली बोतल लिएर त्यसमा एन्टी फंगल औषधि हालेर दिल्ली, हरियाणा, बिहार तथा नेपाल र अफ्रिकी मुलुकबाट क्यान्सरको उपचारमा आएका सोझासाझा बिरामीलाई डिस्काउन्ट दिने भन्दै बिकाउने गरेको पाइएको हो । बिरामी पनि सस्तोमा औषधि पाइयो भन्दै चुप लागेर बस्दा नक्कली औषधिको चंगुलमा फसेको सो पत्रिकामा उल्लेख छ । उक्त औषधि भारतको मोती नगरमा बनाउने गरेको पाइएको छ । 

प्रहरीले ४ करोड बराबरको सात विदेशी र दुई भारतीय ब्रान्डका नक्कली औषधि र त्यसमा प्रयोग हुने अन्य उपकरण बरामद गरेको हो । यसैगरी प्रहरीले उनीहरुबाट १८ हजार अमेरिकी डलर, ५० हजार भारतीय रकम हीट गन मेशिन १९७ वटा खाली शिशी जफत

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार