इटहरीमा अटिजम सम्बन्धी सहजीकरण तालिम

हेल्थ टिभी अनलाइन : सुनसरीको इटहरीमा अटिजम भएका बालबालिकाका अभिभावक तथा शिक्षकका लागी सहजीकरण तालिम सम्पन्न भएको छ ।
अटिजमबारे जनचेतना जगाउन तथा समस्याको समाधान खोज्न इटहरी उपमहानगरपालिकाको आयोजना तथा सेतो गुराँस नमुना बालबाटिका आधारभुत विद्यालयको संयोजनमा वडा नं ६ को दुर्गा पार्टी प्यालेसमा यही चैत २ र ३ गते कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको उदघाटन उपमहानगरकी शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रतिनिधी उमा दाहालले गरेकी थिइन ।
दुई दिने तालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहाका ११० जना भन्दा बढी अटिजम भएका बालबालिकाका अभिभावकको उपस्थिती रहेको थियो । उक्त तालिममा विश्वव्यापी समस्या बन्दै गएको अटिजमलाई कसरी सहज बनाउने, कसरी शिक्षण सुधार गर्ने, के कस्ता थेरापीहरु गराउने भन्ने विषयमा नियो चाइल्ड क्लिनिक भक्तपुरका प्रशिक्षकद्धय समिद कतिला श्रेष्ठ र अंकित भट्टराइले प्रयोगात्मक प्रस्तुती दिएका थिए ।
उक्त कार्यक्रममा इटहरी उपमहानगरका वडा न. ९ का वडाध्यक्ष जितेन्द्र थापाले अटिजम सम्बन्धी समस्या भएका बालबालिकालाई आवश्यक सहयोग गर्ने, थेरापी कक्षाहरु सन्चालन गर्ने, नियमित तालिम गराउने प्रतिवद्धता व्यक्त गरे ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने