ललितपुरको बालकुमारीमा तनाव, २ प्रदर्शनकारीको मृत्यु

हेल्थ टिभी अनलाइन : दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटा अन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार २२ र २३ वर्षको २ युवकको झडपका क्रममा घाइते भएपछि अस्पताल लगिए पनि उनीहरुको अस्पतालमा मृत्यु भएको हो । एक जनाको किस्ट अस्पतालमा र अर्कोको पाटन अस्पतालमा मृत्यु भएको बताइएको छ ।
प्रहरीले बल प्रयोग गर्नुअघि आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए।
प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर बनाएको र २३ जनालाई पक्राउ गरिएको जनाएको छ। अहिले पनि सो क्षेत्र तनावग्रस्त रहेको बताइएको छ ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै