Health TV Online
Health TV Online
Health TV Online

नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता माथि प्रश्न, नयाँ तदर्थ समिति गठनका लागि माग

नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता माथि प्रश्न, नयाँ तदर्थ समिति गठनका लागि माग

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्यकर्मी संघले ४ वर्षे कार्यकालमा विधान अनुसार काम गर्न नसकेको तथा कार्यकाल समेत सकिएकाले बैधानिकताका माथि प्रश्न उठाउदै स्वास्थ्यकर्मी संघका सदस्यहरुले पार्टी समक्ष निवेदन पेश गरेका छन्।

बिगतमा नेपाल ट्रेड युनियनसँग आबद्ध रहेको तथा हाल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको नेतृत्वले समयमै अधिवेशन नगरेकाले संघ स्वंत बिधटन भएको भनि नयाँ तदर्थ समिति गठन गर्न माग गरेका हुन्।

त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय समितिको २०७९ साउन २ गतेको निर्णयबाट २०७९ माघ २५ मा शुभेच्छुक संस्थाको पत्र पाए पनि कुनै पनि तहको अधिवेशन गर्ने नसकेको उनिहरुको आरोप रहेको छ।

२०७६ कार्तिक २२(२४ काठमाडौं सम्पन्न सातौ अधिवेशन को ४ बर्ष कार्यकाल २०८० कार्तिक २४ मा समाप्त भएको उनिहरुको दावी रहेको छ। त्यसैगरी समय समाप्त हुनु भन्दा अधि नै केन्द्रीय समितिले कुनै निर्णय नगरेको, कुनै जिल्ला, प्रदेश, प्रतिष्ठान अधिवेशन गर्ने नसकेको, केन्द्रीय परिषद् सम्पन्न गर्न नसकेको आरोप छ।

त्यसैले यस संघको वैधानिकता माथि प्रश्न, नयाँ तदर्थ समिति गठन गर्ने माग पार्टीले नयाँ तदर्थ समिति बनाएर सबै तहको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिन माग गर्दै २०८० पुस ६ मा केन्द्रीय समिति, सभापति, उपसभापति, महामन्त्री, ट्रेड युनियन कांग्रेस समक्ष माग गरेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघका सदस्यहरुले नेपाल ट्रेड युनियन कांग्रेस तथा निजामती कर्मचारी युनियनलाई समेत पत्र मार्फत जानकारी गराएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा