स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हेल्थ टिभी अनलाइन : सर्बोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
गत कात्तिकमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले कार्य क्षमतामाथि प्रश्न उठाउँदै बसौलालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । मन्त्री बस्नेतको सो निर्णय विरुद्ध बसौलाले सर्बोच्चमा रिट दर्ता गराएका थिए ।
शुक्रबार न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले कार्यकारी निर्देशक डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै