भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरिंदै

हेल्थ टिभी अनलाइन : भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोग विरुद्धको टिसिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
यही पौष ५ गते देखि पौष १४ गते सम्म ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा(रुबेला खोप, र १६ वर्ष देखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टिसिभी खोप दिइने भएको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रले जनाएको छ ।
खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउन पनि केन्द्रले आग्रह गरेको छ ।
खोप अभियान सञ्चालन हुने स्थान र मिति बारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न भनिएको छ । यसका साथै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मकाबालबालिकालाई छुट खोप पनि दिईदैछ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै