केन्द्रीय कारागार अस्पतालमा सेवा सहज बनाउन ‘डिजिटलाइजेसन कार्यक्रम’ सुरु

हेल्थ टिभी अनलाइन : केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई एकत्रित गर्ने र पेपरलेस बनाई सहज, सरल, व्यवस्थित तथा प्रभावकारी वनाउनका लागि सफटवेयर सिस्टम जडान गरि कम्पुटर सिस्टमलाई डिजिटलाइजेसन गर्ने कार्यको सुरु भएको छ ।
सो कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकाश देवकोटाले दर्ता तथा बिलिड शाखा, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशी राज दाहालले वहिरंग विभाग, गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता नारायण प्रसाद भट्टराईले प्रगोगशाला विभाग र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले फार्मेसीको सांकेतिक रुपमा छुट्टाछुट्टै रिबन काटेर उद्घाटन गरे ।
कार्यक्रममा केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरितटेन्डेन्ट तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश वुढाथोकीले बिगत एक बर्षमा भएगरेका उल्लेखनीय कामहरुको जानकारी गराउँदै केन्द्रीय कारागार अस्पतााललाई ओ एण्ड एम,स्वास्थ्य बिमा,बिशेषज्ञ सेवा,सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न थप सहयोग र सहजिकरण गर्न गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरु समक्ष आग्रह गरे ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक काशी राज दहालले बीमा कार्यक्रममा संसोधन, संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि कैदीबन्दीहरुको उपचार सेवा विस्तार लगायतका वारेमा अवगत गराए । यसैगरी गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्री नारायणप्रसाद भट्टराइले विशिष्ट अतिथिको रुपमा गृह मन्त्रालयको प्रतिनिधत्व गर्दै देशको आर्थिक अवस्थाको चर्चा गर्दै अस्पतालले गरेका कामको प्रशंसा गर्दे यस्ता कार्यक्रमहरुको निरन्तरताको शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले स्वस्थ्य तथा निरोगी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलले मात्र नभई सम्पुर्ण क्षेत्रले स्वास्थ्यको वारृेमा सम्वोधन गर्न सकेमा उपयुक्त हुने वताउदै हाल केन्द्रीय कारागार अस्पतालमा भईरहेका कार्यक्रमको शुभेच्छा सहित,हौशला दिदै ईएमआर तथा ईएचआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका धेरै कम स्वास्थ्य सस्थाहरुमा मात्र लागु गर्न सकिएको र गृह मन्त्रालय अन्तर्गत रहेको यस अस्पतालले पूर्णरुपमा लागु गर्न सकिएमा नमुनाको रुपमा अन्य अस्पतालहरुलाई देखाउन सकिने बताए । साथै यस अस्पतालमा विशेषज्ञ सेवाका लागि छात्रवृति करारका जनशतिmहरुलाई प्राथमिकता दिने र वीमा कार्यक्रममा भएका कठीनाईहरुलाई मन्त्रालयमा गई आजै सहजिकरण गर्ने आश्वासन दिए ।
कार्यक्रमको अध्यक्षता गरेका डा बुढाथोकीले ईएचआर लगायत अस्पताल विस्तार गर्दै कैदीबन्दीको स्वास्थ्यलाई प्राथमिकता दिन र यस अस्पताललाई कैदीबन्दी तथा कारागार कार्यालयहरुको स्वास्थ्यको रिफरल र फोकल अस्पतालको रुपमा विकास गर्न सवैको सहयोगको अपेक्षा गरेको जिकीर गरे ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा