डा सन्तोष पौडेललाई वीरको निर्देशकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हेल्थ टिभी अनलाइन : वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले २ साताअघि वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा पौडेललाई पदबाट हटाउने निर्णय गरेका थिए । मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए । निर्देशकबाट हटाइएका डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
आज उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले डा पौडेलको पक्षमा फैसला गरेको हो ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै